Bharat Chalise

Click here to edit subtitle

Blog

Three Mega Projects that can Boost Nepalese Economy in no Time

Posted by naturead on October 31, 2021 at 2:45 AM

 

देश बनाउने, बिकास गर्ने, रोजगार सिर्जना गर्ने, दुइ अंकको आर्थिक बृध्दि गर्ने, गरिबी उन्मुलन गर्ने, विकासशील देशमा स्तरोन्नति गर्ने जस्ता कुरा हरु आम नेपालि का लागि सामान्य जस्तो लाग्न थालिसके। बास्तबमा सुन्दा हामीलाई यी कुराहरु जति सामान्य लाग्छन नि, हो त्यसैगरी यी त्यति नै जटिल बिषय हुन् । यी कति जटिल बिषय हुन् भन्ने कुरा त हामीले पचासौ बर्षदेखी सुनिआएको कुरा अहिले सम्म एउटा पनि पुरा नुहुनुले नै प्रष्ट हुन्छ । कुनै पनि देशको दिगो बिकास को लागि जनतालाई आबश्यक धेरैजसो क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने आधारभूत सिद्धान्त हुन्छ। अहिले सरसर्ती हेर्दा हामि कृषिप्रधान देशका जनता कृषिमा पनि आत्मनिर्भर हुन सकिरहेका छैनौ, सुन्दर र पर्यटकीय मुलुक भन्छौं, १० लाख मात्रै पनि पर्यटक भित्राउन सकेका छैनौ, प्राकृतिक स्रोत सम्पन्न भन्छौं उपभोक्ताहरु आयात गरेका बस्तुहरुमा निर्भर छौ। मुख्य कुरा त नेपालका अर्थासास्त्री, राजनीतिज्ञ, नीति तिर्माता देखि सम्पूर्ण विद्वान बर्गहरु लाइ अहिलेको अर्थतन्त्रको जगमा देशमा सम्ब्रिध्धि आउदैन भन्ने कुरामा एकमत छन्। तर पनि हरेक बर्ष हामि उही समस्या, उही पिरलो र उही चेतना को भुमरी बीच रुमल्लिरहेका छौ । यी र यस्तै कारणहरुले गर्दा हरेक बर्ष देशमा रहेका अमुल्य ज्ञान र अनुभव हरु बिदेशमा पलायन भैरहेको हामीसामु छर्लंगै नै छ ।

तपाइँ एकछिन घोत्लिएर सोच्नुभयो भने नेपालको १० बर्ष पहिला र अहिलेको बिकासको सूचकांकमा त्यति फरक पाइदैन किनकि नेपालमा हुने धेरैजसो बिकासहरु बाध्यात्मक छन् नाकी जनताको जीवनमा परिबर्तन ल्याउने खालका। उदाहरणका लागि धरहरा बन्यो, रानीपोखरी बन्यो किन बन्यो त भन्दाखेरि भूकम्पले भत्कायो, नबनाई नहुनी थियो बन्यो। बुटवल-भैरहवा, कोहलपुर - नेपालगंज ४ लेन का सडक बने नि किनत भन्दा नबनाई नहुनी भयो ट्राफिक ले थेग्नै सकेन त्यसैले बन्यो | त्यस्तै तामाकोशी हाइड्रो बन्यो नि बन्न त तर १० बर्ष त लाग्यो नि। हो यस्तै बाध्यात्मक बिकास बाहेक को स्वतस्फुर्त बिकास हामि नेपालि देख्न भोग्न पाएकै छैनौ जुन चीज पाउनको लागि हामि बेचैन भैरहेका छौ।

यी सबै बिषय उठानको पछाडी एउतै तात्पर्य के भने अहिल्यै नै सोच्नुपर्ने भविष्यको लागि दिगो बिकास। बास्तबमा हामीले धेरै रोजगारी, आर्थि बृध्दि र बिकास का कुरा गर्दै छौ भने ठुला परियोजना निर्माण लाइ कहिल्यै भुल्नु हुदैन। ठुला परियोजनाले एकैपटक मा हजारौ लाइ रोजगारी , आयोजना क्षेत्रको तिब्र बिकास र राष्ट्रिय अर्थतन्त्र मा ठुलो टेवा पुर्याउने खालका बिशेस्तायुक्त हुन्छन । एउटा ठुला आयोजनाले पचासौ सानातिना ब्यबसाय लाइ प्रतक्ष्य फाइदा पुग्न जान्छ। हरेक बिकसित र बिकाश्सिल देशमा हेर्यौं भने ठुला आयोजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आबस्यक्ता मात्रै पुरा गरेको हुदैन यिनीहरु पर्यटकीय गन्तब्य पनि हुन जान्छन। उदाहरणको लागि चिन को हाइ स्पीड ट्रेन, इजिप्ट को स्वेज नहर, पानामा नहर, थ्री गर्जेज हाइड्रो प्रोजेक्ट, फ्रान्सको आइफेल टावर, दुबईको बुर्ज खालिफा, दुबई एयरपोर्ट, जापानको शिङ्कान्सेन स्पिड ट्रेन आदि ति देशका नागरकिका आबश्यकता मात्रै पुरा गर्दैनन् बिश्वोभरिबाट करोडौ पर्यटक पनि आकर्षित गर्ने गर्दछन।

सरसर्ती हेर्दा यस्ता प्रोजेक्ट हरु नेपालमा सम्भव होलान र झैँ लाग्नु स्वाभाविक पनि हो। तर हामीहरु अहिलेको आबस्यक्ता पनि पुरा हुने र भविष्यमा पनि अर्थतन्त्रमा ठुलो योगदान पुर्याउने खालका आफ्नो भू राजनीतिक धरातल सुहाउदा योजनाहरु छनोट गर्नुपर्ने हुन्छ । यसका लागि हामीहरुको ठुलो सामर्थ्य भनेको विश्वकै दोस्रो र छैठौ ठुला अर्थतन्त्रको बिचमा रहनु नै हो । यहि सामर्थ्य लाइ आत्मसाथ गरि असम्भव लाग्ने तर सम्भव भएका निम्न तिन ओटा मात्रै ठुला आयोजना अगाडी बधाउन सक्ने हो भने नेपालीको औसत आय २० बर्ष मै $२५००० भन्दा माथि पुर्याउन सकिन्छ । जुन प्रोजेक्टहरु तल प्रस्ताब गरिएको छ;

;) अन्तरदेशीय रेलमार्ग

सन् २०२० को तथ्यांक हेर्ने हो भने भारत र चिन बीच हुने ब्यापार बिश्व मै हुने ठुला अन्तरदेशीय ब्यापार मध्येको एक हो र यो निरन्तर बढ्दो क्रम मा छ । तपाई हामीलाई राम्रोसंग थाहा छ यी दुइ देशको बिचमा नेपाल छ तर नेपाल हुदै हुने यिनीहरुको ब्यापार सुन्य प्राय छ । नेपालले आफु यी दुइ आर्थिक महारथीको बिचमा हुदा पनि कुनै फाइदा लिन नसकेको स्थिति छ । भारत र चीनको सम्बन्ध जहिले पनि तनाबकै स्थितिमा रहदा नेपाल ले मध्यस्थता गर्ने र यी दुइ बीच मा हुने खर्बौ डलरको ब्यापार मा बिचौलिया बनेर फाइदा लिने सोचाइ कहिल्यै पनि लिन सकेन । समुद्री मार्ग हुदै महिनौ लगाएर हुने यी दुइ देश बिचको ब्यापार लाइ सहजता प्रदान गर्न त्रिदेशीय रेल मार्ग बनाएर त्यस मार्ग बाट हुने व्यापारको निश्चित अंश रोयल्टीको रुपमा राख्ने कुराको ग्यारेन्टी गरि यो रेल मार्ग गराउन सकिन्छ। चीन को बेल्ट एण्ड रोड प्रोजेक्ट र भारत बाट अनुदान सहयोग मै बनाउन सकिने यो प्रोजेक्ट ले नेपालि हरुको आम्दानि स्तर ह्वात्तै बढाउने कुरामा कुनै शंका छैन ।

;) पूर्व पश्चिम जलमार्ग

नेपालका प्रायजसो ठुला नदीहरु उत्तर देखि दक्षिण बग्ने गर्दछन । यसरि बग्दा बर्षेनी तराइ लगायत भारत का विभिन्न स्थानमा बाढीले गर्दा डुबान समेत हुने गर्दछ । पूर्वको मेची देखि पश्चिम को महाकाली नदीलाई ठुलो नहर र सुरुङ्ग नहर बनाइ पुर्बदेखी पश्चिमसम्म जोडेर त्यसमा पर्ने साना ठुला नदीमा ब्यारेज बनाइ डाइभर्सन गरि बहुउदेश्यीय ठुलो आयोजना बनाउनु सकिन्छ । राम्रो संग नेगोसियसन गर्न जान्यो भने यो आयोजनामा भारतको अधिकांश लगानी निश्चित जस्तै छ । यसले नेपाल र भारतका लाखौ हेक्टर जमिन मा सिचाई सुबिधा पुग्ने र बर्षा यामको बाढी नियन्त्रण पनि गर्न सहयोग गर्ने हुदा यो योजना भारत को लागि पनि उत्तिकै महत्वपुर्ण हुन जान्छ। पूर्व देखि पश्चिम सम्म जलमार्गको बिकास हुने हुनाले पानीजहाज संचालन हुने , नहरको छेउछाउमा २४सै घण्टा खुल्ने अत्याधुनिक शहरहरु स्थापना गर्न सकिने, माछा पाल्ने, गर्मीको समयमा लाखौको संख्यामा भारतीयहरु पर्यटकको रुपमा नौकाबिहार गर्न आउने देखि लिएर आन्तरिक पर्यटन को घुइचो लागेर आयोजनाको लागत तुरुन्तै असुल उपर हुने अति आकर्षक आयोजना तुरुन्त शुरु गर्नु जरुरि छ।

;) बैदेशिक लगानीका हाइड्रो प्रोजेक्ट हरु

हामीले बर्षौं देखि सुन्दै आएको करिब ८०,००० मेगावाट भन्दा बढीको नेपालको विद्युत उत्पादन क्षमता सधैजसो कागजमा मात्र देख्न पाइराखेका छौ। यदि उच्च बाँध युक्त आयोजना बनाउने हो भने यो क्षमता १ लाख मेगावाट भन्दा माथि पुग्ने निश्चित छ। बिगत २ दशक देखि ५०० देखि १००० मेगावाट बिद्युत उत्पादन गर्न नसक्दा सारा नेपालि अन्धकारमा बसेको कुरा त बिदितै छ। अहिले निजि क्षेत्र लगायत बाट १००० मेगावाट प्रसारण प्रणालिमा थपिदा मात्रै पनि नेपालमा विद्युत खपत हुन नसक्ने स्थिति छ । अझ तितो यथार्थ त के छ भने जम्मा ४५६ मेवा को माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्नको लागि मात्रै अनुमानित समय भन्दा ३ गुणा बढी र अनुमानित लागत भन्दा २ गुणा बढी स्रोत को उपयोग गरि भर्खरै सम्पन्न भएको छ । जब यसले ब्यबासायिक उत्पादन सुरु गर्यो तब बिद्युत खपतको चिन्ता संगसंगै थपिन पुग्यो। यसबाट हामीले सिक्ने पर्ने कुरा के हो भने औदधोगिकरण नभैसकेको नेपाल जस्तो मुलुकका लागि यस्ता ठुला परियोजनाको लागि नत आफ्नै लगानी जुटाउने क्षमता छ न त बिद्युत खपत गर्ने पर्याप्त बजार नै। नेपालले निश्चित सर्तहरु राखेर चीन, भारत, बंगलादेश जस्ता देश बाट संस्थागत लगानी भित्र्याई उनीहरुकै अगुवाईमा उनीहरुकै बजारमा बिद्युत निर्यात गर्न जरुरि छ। नत्र भने अहिले जस्तो निजि क्षेत्रसंग ८ रुपियामा बिजुली किनेर भारत ले ४ रुपैया मा पनि किनेन भन्दै रोइलो गर्नुबाहेक अन्य विकल्प हुदैन। यसको लागि बैदेशिक लगानीको बाताबरण र लगानीको सुरक्ष्या मात्रै नेपाल सरकारले गर्न सक्यो भने बर्षेनी खेर गैराखेको पानि नेपालीको आयस्तर व्ह्वात्तै उकासिने कुरामा दुइमत छैन। यसबाट प्राप्त आम्दानि देशको पर्यटन र अन्य पूर्वाधार मा लगानी गर्ने हो भने पर्यटन बाट पनि मनग्ये आम्दानि गर्न सकिन्छ।

अन्तिममा, यहा उल्लेख गरिएका तिनओटै आयोजनाको लागि नेपालले एक रुपैया पनि लगानी गर्न नपर्ने गरि सम्पन्न गर्न सकिने आधार हरु पनि प्रस्तुत गरिएका छन् तर यी सबै कुरा नेतृत्वको इच्छाशक्ति, नीति निर्माण र चलाखीपूर्ण ब्याबसायिक मोलमलाई गर्न सक्ने क्षमतामा निर्भर रहन्छ ।


Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments